नियम ४५
दैनिक मुद्दा पेशी सूची
”(१) स्रेस्तेदारले नियम ४४ बमोजिम साप्ताहिक पेसी सूचीमा प्रकाशित भएका मुद्दाको दैनिक पेसी सूची तयार गरी सोको एक प्रति एक जना न्यायाधीश रहेको अदालतमा त्यस्तो न्यायाधीशलाई र एकभन्दा बढी न्यायाधीश रहेको अदालतमा गोला प्रक्रियाद्वारा निर्धारण गरी त्यस्तो सूची एक एक प्रति सम्बन्धित न्यायाधीशलाई दिनु पर्नेछ । त्यस्तो दैनिक पेसी सूची स्रेस्तेदारले अदालतको सूचना पाटीमा टाँस्न लगाउनु पर्नेछ ।

-(२) उपनियम (१) बमोजिम दैनिक पेशी सूची तयार गर्दा देहायको क्रममा सुनुवाई हुने गरी तयार गर्नुपर्नेछः-

(क) अनुसूची ३ख. मा उल्लेखित प्राथमिकता प्राप्त मुद्दा

(ख) यो खण्ड प्रारम्भ हुनुअघि एक बर्ष छ महिना पुगेका मुद्दा,

घ सामान्य मार्गसमूह र विशेष मार्गसमूहका अन्य मुद्दा।

(२क) उपनियम (२) बमोजिम पेशी सूची तयार गर्दा एउटै क्रममा एकभन्दा बढी मुद्दाहरू रहने अवस्था भएमा ती मुद्दालाई दर्ताक्रमको आधारमा पेशीको प्राथमिकता निर्धारण गर्नुपर्नेछ।

(५) पहिलो संशोधनद्वारा थप।

& दोस्रो संशोधनद्वारा झिकिएको ।

० दोस्रो संशोधनद्वारा संशोधित ।



(५) पहिलो संशोधनद्वारा थप।

२५ २(२ख) उपनियम (२) को अधीनमा रही सम्बन्धित अदालतले मुद्दाको प्रकृति अनुसार छुट्टाछुट्टै बारमा मुद्दाको सुनुवाइ गर्ने गरी पेशी व्यवस्थापन गर्न सक्नेछ।

(३) उपनियम (१) बमोजिम पेशी सूची तयार गर्दा मुलतबीबाट जागेका मुद्दा तथा सर्वोच्च अदालत वा उच्च अदालतको निर्णयबमोजिम पुन इन्साफको लागि दर्ता भएको मुद्दाको सुरू दर्ता मितिलाई नै आधार मानी क्रम निर्धारण गर्नु पर्नेछ।

(४) अभियोगपत्रसाथ पेस भएको वा अदालतबाट जारी भएको पक्राउ पुर्जी वा समाह्वान बमोजिम हाजिर भएको वा पक्राउ परी आएको व्यक्तिको थुनछेक लगायत यस नियमावली बमोजिम पूरक पेसी सूचीको माध्यमबाट कारबाही गर्नुपर्ने मुद्दा तथा निवेदनको सुनुवाइको लागि गोला प्रक्रियाद्वारा इजलासको निर्धारण गर्नु पर्नेछ ।

(५) उपनियम (१) अनुसार दैनिक मुद्दा पेशी सूची तयार गर्दा अघिल्लो दिन हेर्दा हेर्दै बाँकी रहेको मुद्दा, अघिल्लो दिन हेर्ने न्यायाधीशलाई तोकिनेछ । तर भोलिपल्ट निज न्यायाधीश अनुपस्थित भए त्यस्तो मुद्दा नियमानुसार पुन अर्का पेशीमा चढाई पेस गर्नु पर्नेछ ।

(६) मुद्दा पेशी हुने दिन ख्रेस्तेदारले अदालत खुलेको एक घण्टाभित्र मुद्दाको मिसिल इजलासमा पठाउन लगाउनु पर्नेछ र मुद्दाको छलफल टुङ्गिई फैसला वा आदेश लेखिने भएमा बाहेक त्यस दिनको कामसमाप्त भएपछि इजलास अधिकृत वा इजलास सहायकले सो मिसिल सम्बन्धित फाँटवालालाई फिर्ता बुझाई दिनु पर्नेछ ।

(७) एकभन्दा बढी न्यायाधीश कार्यरत भएको अवस्थामा बन्दिप्रत्यक्षीकरणको र निषेधाज्ञाको निवेदनको सुनुवाई गोलाप्रथाबाट निर्धारण गरिनेछ ।